त्यसपछि नेपाली विदेशमा बस्दैनन्

- राजाराम पौडेल

पुस ३, २०७५

विदेश जाने विद्यार्थीका लागि महत्वपूर्ण पाटो विदेश जानुअघिको काउन्सिलिङ र प्रोसेसिङ हुन्छ । गलत काउन्सिलिङले विद्यार्थीको भविष्य नै डामाडोल हुन पुग्छ । उसले प्रगति गर्न सक्दैन । सही काउन्सिलिङसहित देश र युर्निभसिटी छनौट गर्न सकियो भने विद्यार्थीको प्रगति हुन्छ । विद्यार्थीलाई उचित काउन्सिलिङ र प्रोसेसिङ गर्ने लक्ष्यका साथ कंगारु एजुकेसन फाउन्डेसनको स्थापना सन् २००७ मा काठमाडौं, पुतलीसडकबाट भयो । यसले सन् २०१३ को अन्त्यमा आफ्नो सेवा पोखरामा विस्तार गर्‍यो । अहिले नेपालमा यसका सातवटा शाखा छन् । सिड्नी, बंगलादेश र भारतमा कार्यालय रहेको कंगारुले अब क्यानाडामा समेत कार्यालय खोल्ने तयारी गरिरहेको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीको चाप बढ्दै गएका बेला वैदेशिक शिक्षाका बारेमा कंगारु एजुकेशन फाउन्डेसन पोखरा शाखाका प्रमुख तुलसीराम (टी.आर.) काफ्लेसँग साप्ताहिक संवाददाता राजाराम पौडेलले गरेको कुराकानी : 

अध्ययनका लागि विदेश जाने विद्यार्थीको चाप कस्तो छ ?

विद्यार्थीहरूको चाप निरन्तर बढिरहेको छ । चार महिनाको सिजन हुन्छ । विश्वविद्यालयहरूले प्राय: हरेक चार महिनामा भर्ना लिन्छन् । अझ दुई–चार वर्ष यसको चाप कायम रहनेछ । 

कस्ता खालका विद्यार्थी आइरहेका छन् ?

पढ्ने उद्देश्य भएका विद्यार्थी बढी देखिन्छन् । हामीले थुप्रै खालका इभेन्ट गर्दा विद्यार्थीलाई प्रि–नलेज भैसकेको छ कि विदेशमा अध्ययन गर्न जान उत्कृष्ट परीक्षाफल चाहिन्छ । राम्रा देश अस्ट्रेलिया, अमेरिका, क्यानाडा आदि जाने हो भने उत्कृष्ट परीक्षाफल चाहिन्छ भन्ने जानेर त्यस्तै उत्कृष्ट परीक्षाफल ल्याई आफू योग्य छु भनेर आउनेहरू बढी छन् । 

विद्यार्थीले वैदेशिक अध्ययनको गन्तव्य कसरी छनौट गर्ने ?

विद्यार्थीको आफ्नो एकेडेमिक प्रोफाइल र अग्रेजी भाषाको ज्ञानका आधारमा गन्तव्य छनौट गर्नुपर्छ । बढी नेपाली विद्यार्थी अग्रेजी भाषा बोल्ने देशतिर गएका छन् । हुन त जापान पनि गएका छन् । सरसर्ती हेर्दा अस्ट्ेरलिया बढी गएका छन् । न्युजिल्यान्ड अनि अमेरिका, क्यानाडा आदि मुलुकको शिक्षाको क्रेज छ । प्रतिशत कम, ग्याप बढी भएका तथा आइएलटिएसमा कम नम्बर ल्याएकाहरू युरोपका केही देशतर्फ आकर्षित छन् । 

आवेदन दिँदा के–के कुराको ख्याल गर्नुपर्छ ?

आवेदन दिँदा एकेडेमिक स्कोर नै मुख्य कुरा हुन्छ । प्लस टुमा ६० प्रतिशतभन्दा माथि अंंक आएकाहरू अष्ट्रेलियाका लागि योग्य हुन्छन् । न्युजिल्यान्डमा ४५ प्रतिशतभन्दा माथिकाले प्रयास गर्छन् । त्यसभन्दा कम प्रतिशत ल्याउनेहरू युरोपियन देश पोल्यान्ड, आयरल्यान्डतर्फ केन्द्रित हुन्छन् । क्यानाडाले अलिक मेधावी विद्यार्थी खोजिरहेको छ । त्यहाँ ६५ प्रतिशतभन्दा बढी र आइएलटिएसमा ६ दशमलव ५ आएकाहरू खोजिन्छ । 

विद्यार्थीहरू कुन विषयप्रति आकर्षित छन् ? सल्लाह के दिनुहुन्छ ?

हाम्रा काउन्सिलरहरू विदेशमा अध्ययन गरी फर्किएकाहरू भएकाले हामी अलिक फरक खालको कार्यक्रममा जान सल्लाह दिन्छौ । यो देशअनुसार भर पर्छ । जस्तो आइटी तथा इञ्जिनियरिङका लागि अस्ट्ेरलिया अनि नर्सिङ तथा बायोमेडिकल साइन्सका लागि न्युजिल्यान्ड लोकप्रिय छन् । हामी विद्यार्थीलाई हस्पिटलाटी म्यानेजमेन्ट, कुकरी, इञ्जिनियरिङ, नर्सिङ, हेल्थ साइन्स, कन्स्ट्रक्सनसम्बन्धी कार्यक्रम, वाइन साइन्स, फिसिङ एन्ड फेसरी म्यानेजमेन्टजस्ता कार्यक्रमका बारेमा बताउँछौं तर विद्यार्थीहरू भने कि विजनेस कि आइटि भन्छन् । 

देश छनौटमा शुल्कले भुमिका खेल्छ कि खेल्दैन ?

शुल्कको हिसाबमा देश छनौट गर्ने अभिभावक छैनन् । त्यहाँ गैसकेपछि राम्रो हुनुपर्छ भन्छन् । लगानीका कारण देश परिवर्तन चाहिँ भएको छैन ।

अभिभावकको चाहना गएको महिनादेखि नै आफ्ना सन्तानले उताबाट पैसा पठाइदिउन् भन्ने हुन्छन्, यो सम्भव छ र ?

हामी अभिभावकहरूलाई जानेबित्तिकै पैसा कमाइन्छ भन्ने नसोच्न आग्रह गर्छौं । विद्यार्थीलाई जाने देशका बारेमा सबै कुरा पहिल्यै नभनदिँदा समस्या हुन्छ । विद्यार्थीलाई सपनाचाहिँ देखाउनुपर्छ तर वास्तविक कुरा भनेर काउन्सिलिङ गर्नुपर्छ । हामीले गाइड गरेका विद्यार्थी त्यहाँको वास्तविक अवस्थाका बारेमा जानकार बन्दै त्यसलाई आत्मसात् गर्न तयार हुन्छन् । हामी जब मार्केटमा कसरी छिर्ने भनेर पनि सिकाउँछौं, अरुको भनाइलाई भन्दा वास्तविक कुराको परीक्षण गर्न लाग्न भन्छौं । काम पाउन आफूमा स्किल चाहिन्छ । हामीले पठाउने देशमा काम नपाउने भन्ने हुँदैन, तर गएको भोलिपल्टै काम पाइन्छ भन्ने होइन ।

के सिकेर जाने ?

बाटिस्टाको ट्रेन्डिङ, बार टेन्डर, बेकिङ, वेटरको ट्रेनिङ लिन भन्छौं । यसरी काम सिकेर जाँदा रोजगारीमा केही सहजता हुन्छ । 

शिक्षित युवा बाहिर गैरहेका छन्, उनीहरू उतैको पीआर लिएर बसिरहेका छन् ? यसले देशलाई चाहिँ कता पुर्‍याउला ?

अलिक पहिले गएकाहरू सेटल भएका छन्, पढाइ सकेका छन्, काम पनि गरिरहेका छन् कतिपय नेपाल कहिले फर्कने भनेर कुरिरहेका छन्, नेपालमा सिस्टम बस्यो, विदेशमा जसरी रुल अफ लमा बसिरहेका छन् त्यस्तै अवस्था यहाँ हुने भए उनीहरू फर्कन्छन् । हामीले उनीहरूलाई मात्र दोष लगाउनु हँुदैन । यहाँको सिस्टम, यहाँको सोसाइटी, यहाँको सरकार आदि कारणले पनि यस्तो अवस्था सिर्जना भएको हो । नेपाल बन्यो भने कुनै पनि नेपाली विदेशमा बस्दैनन् । 

विद्यार्थीले बुझ्नुपर्ने कुरा के छ ?

फस्ट ह्यान्ड इन्फर्मेसन लिनुपर्छ । आफू जाँदै नगएकाले जानकारी दिँदा वास्तविकताभन्दा पर हुन सक्छ । त्यसैले अनुभवी काउन्सिलरको सहयोग लिनुपर्छ । हामी अभिभावकलाई सीधै भन्छौं— विदेश जान रमाइलोचाहिँ हुन्छ, तर सुख चाहिँ हुँदैन । हामी भन्छौं, नेपालमा सुख छ तर नेपालको सुखले खुसी दिइरहेको छैन । हामीलाई अवसर चाहिएको छ । विदेश गयो भने व्यवहारिक ज्ञान हासिल गरेर ऊ आफ्नै खुट्टामा उभिन सक्छ । थुप्रै संघर्ष पार गर्छ । त्यसले उसलाई मान्छे बनाउँछ, तर त्यो दु:ख लामो समयसम्म भने कायम रहँदैन । सुरुमा जाँदा अरूले छोडेकै काम गर्ने हो । त्यसमा गाह्रो हुन्छ । पछि अनुभव पश्चात सजिलो कामतर्फ लाग्न पाइन्छ । 

विदेश पुगेपछि विद्यार्थीले सिक्नुपर्ने कुरा के–के हुन्छ ? 

विदेशमा सिक्नुपर्ने कुरा धेरै हुन्छन् । एउटा सिभिलाइजेसनको पार्ट पनि हो । अर्को समयको महत्व बुझ्नु हो । विद्यार्थीले कसरी स्वस्थ बन्ने, कसरी सरसफाइ गर्ने, कसरी अरूको आदर गर्ने भन्ने कुरा सिक्छन् । अर्को कुरा स्किल्ड हुने कुरा हो । नेपालमा हामी अरुको भरोसा गर्छौं, अरूमा भर पर्छौं तर विदेशमा आफैले गर्नुपर्छ । यसले आफ्नो खुट्टामा उभिन सहज बनाउँछ । एकेडेमिक रूपमा बलिया विद्यार्थी धेरै माथिसम्म पुग्न सक्छन् । त्यहाँ प्राक्टिकल मेथडबाट पढाइ हुन्छ । यसले विद्यार्थी क्रियटिभ र इनोभेटिभ हुन थाल्छ । क्रिएटिभ र इनोभेसनका कुराले उसमा आत्मविश्वास वृद्धि गर्छ र ऊ सफल हुन्छ । दु:ख र स्टगलले पनि धेरै कुरा सिकाउँछ । 

विद्यार्थी तथा अभिभावकहरूलाई के सल्लाह दिनुहुन्छ ?

क्षणिक नसोच्नुहोला । विदेशी शिक्षा भनेको पलायन हुनै सक्दैन । राजनैतिक स्थिरता भयो भने धेरै नेपाली अबको पाँच–सात वर्षमा नेपाल फर्कन्छन्, तर शिक्षित भएर फर्कन्छन्, स्किल्ड भएर फर्कन्छन् । उनीहरू आफ्नै देशमा केही गर्न आतुर छन् । नयाँ जानेले पढाइ र सिकाइलाई प्राथमिक आधार मानेर अघि बढे सफलता सम्भव छ । विदेश जाने भनेको पैसा कमाउने मात्र हो भन्नुभयो भने पैसा त कमाउनु होला तर त्यसले तपाईंलाई खुसी नदिन सक्छ । व्यक्ति स्किल र क्वालिफाइड भएपछि मात्र उसले केही गरेर देखाउन सक्छ । पैसालाई सेकेन्डरी मान्दै पढाइ र सिकाइलाई प्राथमिकता दिन सके विद्यार्थीका लागि गरिएको लगानी कालान्तरसम्म कायम रहन्छ ।

प्रकाशित :पुस ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्