परदेशीको पीडा सेतो साडीमा

- साप्ताहिक संवाददाता

पुस २, २०७५

सर्जक जितेन्द्र बाँनियाको ‘सेतो साडी’ बजारमा आएको छ । करिव १० बर्ष विदेश रहदा देखेका, सुनेका अनुभवलाई गीतमा उतारेको उनले बताएका छन् । विदेशमा श्रम गर्न बाध्य नेपाली र तिनमा आश्रीत परिवारको कथा समेटिएको ‘सेतो साडी’ यसैसाता राजधानीमा सार्वननिक गरिएको हो । 

विमोचन कार्यक्रममा बोल्दै, राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाले गीतले विदेशिएका धेरै नेपालीको पीडा समेटेको भन्दै, स्वदेशमै केही गर्न र धनकै लागि विदेशिन नपरोस भन्ने मर्मलाई उठाएको बताए । बरिष्ठ संगीतकार राजु सिंहले बाध्यताले देश छोड्ने नेपालीको बाध्यता र उनीहरुको परिवारले भोग्नुपरेका पिडालाई गीत र भिडियो मार्फत उकृष्ट ढंगले पस्किएको भन्दै प्रशंसा गरे । 

अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले नेपालीहरुको परदेशिनु पर्ने बाध्यता र त्यसले ल्याएको नकरात्मक पक्षबारे चर्चा गरे । कोठे क्रियशनको प्रस्तुतिमा जितेन्द्र बाँनियाको सेतो साडीमा गायक सागर संसार राईको स्वर तथा संगीत संयोजन रहेको छ भने संगीत विनोद बस्नेतको सुन्न सकिन्छ । 

राजेश पुमाराईको निर्देशन रहेको यो गीतको म्युजिक भिडियामा बरिष्ठ कलाकार सुरविर पण्डित, तथा सुनिशा बजगाईं र प्रविण केसीको अभिनय हेर्न सकिन्छ । उत्सव दाहालको छ्याङ्कन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् । 

सेतो साडीको भिडियो :

 

प्रकाशित :पुस २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्