मौसमलाई मिस गर्दै दिपशिखा

- साप्ताहिक संवाददाता

पुस १, २०७५

चलचित्र ‘प्रेमलीला’को दोश्रो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रको ‘मिस गरेँ’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री दिपशिखा खड्का र अभिनेता मौसम खड्का फिचर्ड छन् । 

सार्वजनिक उक्त गीत डा कृष्णहरी बरालले लेखेका हुन् । गीत हरि लम्सालको संगीतमा युवराज चौलागाई र मेलिना राईले गाएका छन् । सार्वजनिक भिडियोमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । यसअघी चलचित्रको पहिलो पोस्टर र हिन्दी भर्सनको गीत सार्वजनिक भइसकेको छ । 

चलचित्रमा दिपशिखा खड्का र  मौसम खड्काका साथमा भारतीय मोडल अली खानले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्रमा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव पनि देखा पर्ने छन् । 

अभिनेत्री  खड्काकै कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई नानीमैया कार्की र फैजिल फिल्म्सले निर्माण गरेको हो । सुनिल मानन्धरले वितरण गर्न लागेको यो चलचित्र माघ २५ बाट देशभर रिलिजको प्रचारमा छ  । 

गीतको भिडियो :

प्रकाशित :पुस १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्