दि भ्वाइस अफ नेपालको उपाधि सिडी विजय अधिकारीलाई

- साप्ताहिक संवाददाता

पुस १, २०७५

सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’कोशिषै उपाधि विजेता सिडी विजय अधिकारीले जितेका छन् । कतारको दोहामा १४ डिसेम्बरमा भएको ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा पुगेका चार जना मध्ये अन्य तीन जनालाई पछि पार्दै उनी विजेता बनेका हुन् । उनी टिम दीप श्रेष्ठबाट हुन् । 

नेपालमा पहिलो पटक भएको ‘दि भ्वाइस अफ नेपाल’को टाइटल उनले आफ्नो पोल्टामा पारेका हुन् । टाइटलसँगै उनले २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाएका छन् । 

फिनालेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य फिनालेमा पुगेका थिए । 

उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका आधारमा पतिस्पर्धीको परफरमेन्सको निर्धारण हुँदै आएको थियो ।   

 

प्रकाशित :पुस १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्