शुभलभमा ज्योतिष हरिहरको कृष्टिनसाग रोमान्स

- साप्ताहिक संवाददाता

मंसिर २९, २०७५

चलचित्र ‘शुभलभ’को पहिलो पोष्टर सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक पहिलो पोस्टरमा चलचित्रका मुख्य कलाकार हरिहर अधिकारी र नव–नायिका कृष्टिन पौडेललाई स्थान दिइएको छ । पोष्टरमा यी दुई रोमान्टिक अवतारमा देखिएका छन् । यहि चलचित्रबाट हरिहर र कृष्टिनले चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् ।

बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका प्रस्तुतकर्ता प्रदिपकुमार उदय हुन् । चैत्र १५ गतेबाट यो चलचित्र रिलिज हुादैछ । सन्तोष बाबु लोहनीले निर्देशन गरेको चलचित्रमा धर्मराज शर्माको लगानी छ । चलचित्रमा सूर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविद्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यू निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराइको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

 

प्रकाशित :मंसिर २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्