चर्चामा अनमोल र उपासनाको रहरसँगै

- साप्ताहिक संवाददाता

मंसिर २९, २०७५

अभिनेता अनमोल केसी र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’को ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक भब्य कायक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीत रिलिजको १२ घन्टामै नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । 

पछिल्लो समय निक्कै चर्चामा रहेका संगीतकार अर्जुन पोख्रेलले क्याप्टेनको सार्वजनिक गीतमा संगीत दिएका छन् । सार्वजनिक गीतमा सुगम पोखरेल र अन्जु पन्तको आवाज, दिग्गज धौरालीको शब्द समावेश गरिएको छ । 

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रलाई भूवन केसीले निर्माण गरेका हुन् । यो चलचित्र फागूण १७ गते रिलिज हुँदैछ । चलचित्रले फुटबल खेलाडीको संघर्ष र सफलताको कथालाई उठान गरेको छ । कविराज गहतराजले यो गीतको भिडियोलाई कोरियोग्राफी गरेका हुन् ।

रहर सँगैको भिडियो :

 

प्रकाशित :मंसिर २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्