छक्कै पारिन् आलियाले

- एजेन्सी

मंसिर २८, २०७५

छोटो समयमै प्रयाप्त चर्चा र सफलता पाउने थोरै अभिनेत्रीमा पर्छिन्— आलिया भट्ट । महेश भट्टकी यी सुन्दर छोरी अहिले सबैलाई चकित पार्दै एकैपटक दुईवटा चलचित्रको छायांकनमा संलग्न छिन् । 

घाइते अवस्थामा पनि दुईवटा चलचित्रमा धमाधम टेक दिँदा निकै थकान अनुभव भए पनि यो बाध्यता भएको आलियाले बताएकी छिन् । बलिउडमा ए क्लासका कुनै पनि कलाकारले एकैपटक दुईवटा चलचित्रमा विरलै काम गर्छन् । 

रणवीर कपुरसँग डेटिङमा रमाइरहेकी आलियाले अयान मुखर्जीको ब्रह्मास्त्र र अभिषेक वर्मनको कलंकको सुटिङ एकै पटक गरिरहेकी हुन् । भारतीय मिडियाहरूका अनुसार त्यसमाथि आलिया आफ्नो चोटको उपचारसँगै कामसमेत गरिरहेकी छिन् ।

प्रकाशित :मंसिर २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्