फिल्म हलमा डोली

- साप्ताहिक संवाददाता

मंसिर २८, २०७५

डोली शब्द सुन्नेबित्तिकै हामी विवाहमा दुलही राखेर लाने साधनलाई सम्झन्छौं । किरण नेपालीले निर्माण गरेको चलचित्र डोलीले दुलही राखेर मात्र लाने छैन, विवाह र प्रेमका साथै बालशोषण र जालीप्रथालाई समेत सूक्ष्म ढंगले उठाएको छ । 

३५ दिन लगाएर छायांकन गरिएको डोली निर्माण गर्न ८५ लाख रुपैयाँ खर्च भएको छ । नुवाकोट आसपास खिचिएको यो चलचित्र ५५ भन्दा बढी हलमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ । जयराम थापाले छायांकन तथा श्याम कुँवरले सम्पादन गरेको यो चलचित्रलाई जीजीए गु्रपले वितरण गर्दैछ ।

निर्देशक : राजबहादुर साने

कलाकार : किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापित, सानिया खान, अर्जुन गुरुङ, नवीन रेग्मी आदि ।

संगीत : विजय अधिकारी

 

प्रकाशित :मंसिर २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्