गायक अविनास घिसिङको लाइसेन्स ठेक्का

- साप्ताहिक संवाददाता

मंसिर २७, २०७५

गायक अविनाश घिसिङको लाइसेन्सको ठेक्का (डम्फू) बोलको गीत सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा अविनाशसँगैगायिका मुना पाख्रिनले स्वर दिएकी छिन् ।

गीतमा अविनास र मुनाकै शब्द तथा संगीत रहेको छ । गायक भरत सिटौलाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई हाइलाइट्स नेपालले युट्युब मार्फत् सार्वजनिक गरेको हो ।  गीतको म्युजिक भिडियोमा भने अविनाश र मान्सी लामाले अभिनय गरेका छन् । 

गीतको म्यूजिक भिडियोमा राजिव समरले नृत्य निर्देशन गरेका छन्  । अनिल के. मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पदान गरेका हुन् । यसअघि घिसिङको ‘कलकत्ते कााइयो’ रिमिक्स गीतलाई धेरैले रुचाउनुका साथै दर्शकमाझ गीतले एकदमै चर्चा बटुलेको थियो ।

लाइसेन्सको ठेक्काको म्यूजिक भिडियो :

 

प्रकाशित :मंसिर २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्