डबिङको अन्तिम चरणमा यात्रा: द म्यूजिकल भ्ल्ग

- साप्ताहिक संवाददाता

मंसिर २७, २०७५

चलचित्र ‘यात्रा: द म्युजिकल भ्ल्ग’ डबिङको अन्तिम चरणमा छ । पहिलो चलचित्रबाटै  राइजिङ स्टारको ट्याग पाएका सलिनमान बानियाँ  अहिले चलचित्रको डबिङमा छन् । उनको डबिङसँगै चलचित्रको काम सकिने निर्माण टिमले जनाएको  छ । 

प्राय पब्लिक हुन नरुचाउने सलिन चकलेटी फेस अनि कोरियन लुक्सका कारणले धेरैको रोजाईमा परेका छन् । यो चलचित्रमा उनले भ्ल्गरको भूमिका निर्वाह गर्ने छन् । 

यो चलचित्र सम्राट शाक्यले निर्देशन गरेका हुन् । चलचित्रमा यात्राका क्रममा आउने घटनाक्रमलाई देखाउने खोजेको निर्देशक शाक्यको भनाई छ । चलचित्रमा सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, देशभक्त खनाल, कमल मैनाली लगायतका कलाकार पनि देदिने छन् । यसै चलचित्र मार्फत मल्लिका महत रंगिन दुनियाँमा डेब्यू गर्दै छिन् । 

सम्राट शाक्यको कथा रहेको यो चलचित्र कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भईरहेको छ । केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह – निर्माता रहेका छन् । चलचित्र आगामी चैत्र २९ गते प्रदर्शनको पैचारमा छ ।

 

प्रकाशित :मंसिर २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्