विश्व बस्नेतकी छोरीको पदार्पण

- साप्ताहिक संवाददाता

मंसिर २६, २०७५

आगामी चैत १ गते एउटा चलचित्र प्रदर्शनमा आउँदैछ– जानी नजानी । यो चलचित्र विगतमा डाक्टर खाते शीर्षकको सन्देशमूलक चलचित्र निर्माण गरेर चर्चामा आएकी रोशनी केसीले निर्माण गरेकी हुन् । वसन्त अधिकारीको पहिलो निर्देशनको यो चलचित्रबाट पुराना अभिनेता तथा निर्देशक विश्व बस्नेतकी छोरी अभिनेत्रीका रूपमा रंगीन संसारमा पदार्पण गर्दैछिन् । निरिशा बस्नेत नेपाली चलचित्रका लागि नयाँ नाम हो । 

निरिशाले आफ्नो पहिलो चलचित्रमै प्रभावकारी भूमिका निर्वाह गरेको निर्देशक अधिकारीको कथन छ । जानी नजानी निरिशाको पहिलो चलचित्र भए पनि अभिनयमा भने उनी नयाँ होइनन् । अध्ययनका क्रममा केही वर्ष मुम्बईमा बिताएकी निरिशाले हिन्दी धारावाहिक चन्द्रा नन्दिनीमा मुख्य भूमिका निर्वाह गरिसकेकी छिन् । स्टार प्लसबाट प्रसारण भएको उक्त श्रृंखलाको अभिनयबाट निरिशाले राम्रै प्रशंसा पाएकी थिइन् । 

उक्त धारावाहिकमा निरिशाले राजकुमारी इलिसको भूमिका निर्वाह गरेकी थिइन् । केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी निरिशाले एस इन्स्टिच्युट अफ म्यानेज्मेन्टबाट स्नातक गरेकी छिन् । त्यसअघि निरिशाले काठमाडौंमा सम्पन्न मिस टुरिज्म क्विनमा मुख्य उपाधि जितेकी थिइन् । 

प्रकाशित :मंसिर २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्