ट्रेलरमाा आयो जे सुकै होस

- साप्ताहिक संवाददाता

मंसिर २६, २०७५

नेपाली कथानक चलचित्र ‘जे सुकै होस’को ट्रेलर सार्वजनिक भएको छ । सेक्स कमेडी जनरामा निर्माण भएको यो चलचित्र उमेश गुरुङले निर्देशन गरेका हुन् । 

नवराज जङ्ग थापा ‘जंगे’को निर्माण रहेको चलचित्रमा उमेश गुरुङ, चन्दा दाहाल, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एन बि अन्जान, इश्वर फुयाल, कृष्ण भट्टराई, उद्धव तिमिल्सिना, सुनिल कटवाल, राजु श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । 

चलचित्रमा सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जङ्ग थापा, डी आर अटुको संगीत रहेको छ । उमेश गुरुङको कोरियोग्राफी रहेको चलचित्रको सम्पादन बनिश शाह र सालिक दुलालले गरेका हुन्  । चलचित्र पुष २० गते रिलिज हुने छ । 

जे सुकै होसको ट्रेलर :

 

प्रकाशित :मंसिर २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्