क्याप्टेनको नयाा पोस्टर सार्वजनिक

- साप्ताहिक संवाददाता

मंसिर २५, २०७५

चलचित्र ‘क्याप्टेन’का नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टर मध्ये एउटाका अभिनेता अनमोल केसी एक्लै फिचर्ड छन् भने अर्कोमा अनमोलसँगै सुनिल थापा र प्रशान्त ताम्राकार पनि छन् । 

फागुन १७ गते प्रर्दशन गर्ने भनिएको चलचित्र ‘क्याप्टेन’लाई भुवन केसीले निर्माण गरेका हुन् ।

दिवाकार भट्टराईले निर्देशन गरेको चलचित्रमा अनमोलसँगै उपासना सिंह ठकुरी र प्रियंका एमभी मुख्य भूमिकामा छन् । उपाशना र प्रियंका यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यू गर्न लागेका हुन् । 

चलचित्रमा राजाराम पौडेल, विल्सन विक्रम राई, सरोज खनाल, सुर्यमाला खनाल, बुद्धि तामाङलगायत  कलाकारले अभिनय गरेका छन् । 

 

प्रकाशित :मंसिर २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्