दयाहाङको अप्पा जेठ २४ मा

- साप्ताहिक संवाददाता

मंसिर २५, २०७५

नेपाली कथानक चलचित्र ‘आप्पा’ले रिलिज डेट घोषणा गरेको छ । बाउ र छोराको कथामा आधारित चलचित्र ७६ सालको जेठ २४ मा अल नेपाल रिलिज हुने भएको छ । 

दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘आप्पा’लाई अनमोल गुरुङले निर्देशन गर्दैछन् । दयाहाङसँगै सिद्धान्तराज तामाङ, अल्लोना काबो, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारले पनि यस चलचित्रमा अभिनय गर्ने भएका छन् । 

चलचित्र सिनेमा आर्टसको ब्यानरमा निर्माण हुने छ ।

 

प्रकाशित :मंसिर २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्