हे गोरीको म्यूजिक भिडियो सार्वजनिक

- साप्ताहिक संवाददाता

मंसिर २३, २०७५

 

बुगीबुगी विजेता कविता नेपालीलाई फिचर गरिएको ‘हे गोरी’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर रहेको छ । गीतमा पुष्कर राज पन्तको शब्द रहेको छ भने संगीत शंकर थापा स्माइलको रहेको छ । 

भिडियोमा कवितासँगै पुस्कर फिचर्ड छन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियो कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् ।

चलचित्र ‘ठुली’का निर्माता समेत रहेका पन्तले भिडियोको निर्माण गरेका हुन् । विभिन्न कविता संग्रह समेत सार्वजनिक गरिसकेका पन्तले यस गीत तथा भिडियोबाट आफुले निकै आशा गरेको बताए । त्यस्तै गायक प्रराज र गायिका सुजाता बर्माले क्लव सङ पछिल्लो समय नेपालमा चलिरहेको कारण दर्शकले ‘हे गोरी’ गीत मन पराउने बताए । 

हे गोरीको म्यूजिक भिडियो :

प्रकाशित :मंसिर २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्