टुँडिखेलमा स्वस्तिमाको नाच

- साप्ताहिक संवाददाता

मंसिर २३, २०७५

रग्बी वल्र्ड कप टुर – नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल रग्बी एसोसियसनले फेम नेपालसँगको सहकार्यमा काठमाडौं स्थित टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा रग्बी खेलसँगै बिभिन्न साङ्गितिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । 

उक्त कार्यक्रममा नायिका स्वस्तिमा खड्काले ‘कुटुमा कुटु, गैरी खेतको सिरै हान्यो, नाच फिरिरी’ लागायतका गीतमा नृत्य प्रस्तुत गरेकी थिईन् । करिब ५ हजार दर्शकको उपस्थिती रहेको उक्त कार्यक्रममा स्वस्तिमासँगै गायक सुगम पोखरेल, आशिष राना ‘लाउर’, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन लागायतले आफ्नो प्रस्तुती राखेका थिए । 

कार्यक्रममा बेली डान्सर बिनु शाक्यले बेली डान्स प्रस्तुत गरेकी थिइन । उक्त कार्यक्रममा वल्र्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिएको थियो । सम्माननिय उपराष्ट्रपती नन्द बहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरेका थिए । शुभेक्षा खड्का र रबिन तमाङले संचालन गरेको कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म चलेको थियो ।

 

प्रकाशित :मंसिर २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्