रेश्मा, अझ अघि बढ्नु, खुसी मिलोस्

- साप्ताहिक संवाददाता

मंसिर २२, २०७५

रेश्मा, अझ अघि बढ्नु, खुसी मिलोस् (फ्रन्टपेज : टिकटक दुनियाँ) । तिम्रा पाइला निरन्तर चालिरहून् ।

अमृता बास्तोला घिमिरे

पटक–पटक सत्तामा बसेका, मुलुककै नेतृत्व गरिसकेका थुप्रै नेतालाई फेरि पनि किन कुर्सीको मोह ? (समय सन्दर्भ : वृद्ध नेतृत्वले थलिएको देश) अब युवाका समस्या बुझ्न युवाहरू नै देशको नेतृत्वमा आउनुपर्छ । 

राजकुमार तामाङ

साप्ताहिकमा साताका सम्पूर्ण घटना पनि समावेश गर्नुपर्‍यो । त्यस्तो कुनै स्तम्भ भए हप्ताभर भएका प्रमुख घटना बुझन सहज हुने थियो । 

महेश निरौला

म्यानहन्ट इन्टरनेसनलजस्तो अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी धुर्व बुढाथोकीलाई बधाई (म्यानहन्ट इन्टरनेसनलमा धुर्व) । यो प्रतिस्पर्धामा उनलाई सफलता प्राप्त होस् । नेपालको नाम राख्न सक्नुहोस्– शुभकामना । 

तेज बोहरा

मिस सुप्रानेसनल–२०१८ मा नेपालका तर्फबाट सहभागी हुन लागेकी महिमा सिंहलाई–शुभकामना (सुप्रानेसनल २०१८ मा महिमा) । उनले नेपालको नाम राख्न अधिकतम मेहनत गर्नेछिन् भन्ने आशा छ । 

प्रविन थापा

नाम चलेका संसारका प्रख्यात खेलाडीहरूको ट्याटु मोह अचम्मको रहेछ (खेलकुद : ट्याटुमय फुटबल खेलाडी) । जमैकाका स्टर्लिङको कथा पढेपछि मन झसँग भयो । सडकमा गोली हानेर उनका बुबाको हत्या गरिएपछि उनमा त्यसको कति गहिरो प्रभाव परेको रहेछ भन्ने कुरा उनको ट्याटुबाट प्रष्ट हुन्छ । गन कल्चरका विरुद्ध सामाजिक चेतना फैलाउने उनको प्रयास पक्कै सफल हुनेछ । 

नीरज उप्रेती

नेपालमा धेरैभन्दा धेरै पर्यटक तान्न यस्ता खालका रोमाञ्चक खेलहरू थपिनु जरुरी छ (एड्भेन्चर्स : हट एयर बेलुनमा सरर) । आन्तरिक तथा बाह्य पर्यटकहरू तान्न हट एयर बेलुन जस्ता नयाँ–नयाँ खेल सञ्चालनमा आउनुपर्छ । उद्यमी एवं व्यवसायीहरूले पोखरा जस्तै नेपालका अन्य सहरमा पनि यस्ता खेलको सञ्चालनमा ध्यान पुर्‍याउनुपर्छ । 

बिजेन्द्र राई

मस्र्याङ्दीमा सञ्चालित कायाकिङ प्रतियोगितामा नेपाल बाहेक बेलायत, नर्वे, क्यानाडा, स्वीडेन, स्पेनजस्ता थुप्रै देशले सहभागीता जनाउनु खुसीको कुरा हो (मस्र्याङ्दीमा कायाकिङ प्रतियोगिता) । पर्यटन विकासका लागि यस्ता खालका कार्यक्रम सञ्चालन भैरहनुपर्छ । 

रोमिला बुढाथोकी

विदेशमा बसेर साहित्य सिर्जना गर्नेहरूका बारेमा पढ्न पाउँदा खुसी लाग्यो (साहित्य : नेपाल बाहिर बसेर साहित्य सिर्जना गर्नेहरू) । जहाँ भए पनि नेपालीपनमै रमाउनेहरू सच्चा नेपाली हुन् ।

टीकाराम रेग्मी 

बाँदरका लागि पिकनिक ? (बाँदरका लागि पिकनिक ?) कस्तो अचम्मको समाचार ? थाइल्यान्डले पर्यटकहरूलाई यस्तो खालको कार्यक्रम आयोजित गरेको होला । 

अमृत क्षेत्री

श्वेता खड्का जस्ती प्रतिभाशाली अभिनेत्रीले सुस्ताउनु हँुदैन (सेलाइन् स्वेता) । कुनै न कुनै रूपमा चलचित्र क्षेत्रमा सक्रिय भैरहनुपर्छ । 

पवन गिरी

नाम चलेकै कलाकारहरूले पारिश्रमिक पाएका छैनन् भने अरू नयाँ कलाकारको स्थिति अझ के होला (पारिश्रमिक लफडा) ? निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने जस्तै उजुरी गर्नैपर्छ । आफ्नो कामको पारिश्रमिक लिनैपर्छ । कसैले कसैको शोषण गर्नु हुँदैन । 

कपिल भट्ट

बलिउडका डिभोर्स पनि यति महँगा (बलिउडका महँगा डिभोर्स) ? डिभोर्स गर्ने महिलाहरूका सर्त पढेर अचम्म लाग्यो । 

गीता सिग्देल

हिमालय रोडिजको उपाधि हात पारेकोमा आयुश श्रेष्ठलाई बधाई (सानो पर्दा : आयुशलाई हिमालय रोडिज) । 

सुमन जोशी

प्रकाशित :मंसिर २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्