टर्टल क्लबमा डिजे लेमन

- साप्ताहिक संवाददाता

मंसिर २१, २०७५

भारतका लोकप्रिय डिजे लेमन किङ अफ बलिउडका रूपमा परिचित छन् । ठमेलस्थित चर्चित नाइट क्लब टर्टल लाउन्ज एन्ड क्लबमा तिनै डिजेको उपस्थितिमा आज शुक्रबार डिजे नाइटको आयोजना हँुदैछ । यो रंगीन साँझमा महिलाहरूका लागि फ्री इन्ट्रीको व्यवस्था गरिएको टर्टल क्लबका म्यानेजर सञ्जु अधिकारीले बताए । यो कार्यक्रममा लोडिङ ब्यान्डले समेत प्रस्तुति दिँदैछ । 

स्थान : टर्टल क्लब, नर्सिङ चोक, ठमेल

विकेन्ड लाइभ

आज शुक्रबार सेनेट क्लबमा म्युजिक ब्यान्ड डिजेज फ्रम मार्सका कलाकारहरूले प्रस्तुति दिँदैछन् । 

स्थान : सेनेट क्लब, ठमेल

समय : ७ बजे

आयोजक : इलिमेन्ट्स इन्क, डिजेज फ्रम मार्स 

आज शुक्रबार गायक एड्रियन प्रधानले गैरिधाराको लस एस्कोबार्समा लाइभ प्रस्तुति दिँदैछन् जहाँ एउटा टिकटको खरिदमा तीनवटा क्यान बियर वा दुई वटा ककटेल उपलब्ध हुनेछ । यो कार्यक्रममा प्रधानसँगै डिजे रुपेश तथा सन्जाल बिटु भण्डारीले समेत प्रस्तुति दिनेछन् । 

टिकट : १ हजार ५ सय रुपैयाँ

आयोजक : लस एस्कोबार्स

समय : साँझ ७ बजे

प्रकाशित :मंसिर २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्