पशुपति र अविनाश पोखरा घन्काउँदै

- राजाराम पौडेल

मंसिर २१, २०७५

आज शुक्रबार पप गायक अविनाश घिसिङले पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने कार्यक्रममा आफ्ना नयाँ तथा पुराना गीत सुनाउँदैछन् । साँझ ५ बजे प्रारम्भ हुने कार्यक्रममा घिसिङले आजै सार्वजनिक हुने आफ्नो डम्फुमा डान्सिङ म्युजिक गीत समेत सुनाउनेछन् । साथमा कृष्ण काफ्ले सहित स्थानिय कलाकारहरूको प्रस्तुति पनि रहनेछ ।

आजको कार्यक्रमका मुख्य आकर्षण भने लोकदोहोरी गायक पशुपति शर्मा हुनेछन् । उनका साथमा प्रजापति पराजुली, चोलेन्द्र पौडेल, चन्द्र शर्मा, घनश्याम रिजाल, बुद्धि खनाल आदि कलाकारको प्रस्तुतिसमेत समेटिनेछ । भोलि शनिबार शिव परियारको प्रस्तुति हेर्दै रम्न पाइनेछ भने दिउँसो रामजी खाँड, पुरुषोत्तम न्यौपाने, रमेश विजि आदिको प्रस्तुतिमा रमाउन पाइनेछ । 

स्थान  : पोखरा प्रदर्शनी केन्द्र, नयाँबजार, पोखरा

समय : विहान ११ बजेदेखि राति ८ बजेसम्म

टिकट दर : विद्यार्थीका लागि ४० तथा सर्वसाधारणका लागि ६० रुपैयाँ

 

 

प्रकाशित :मंसिर २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्