समाज सेवामा अन्जु पन्त

- साप्ताहिक संवाददाता

मंसिर २०, २०७५

गायिका अन्जु पन्तले विरगञ्जमा विद्यालय सामाग्री तथा पर्सामा न्यानो कपडा वितरण गरेकी छिन् । 

उनले आफ्नो संस्था ‘अन्जु पन्त फाउन्डेसन’ उक्त सामग्री वितरण गरेकी हुन् । 

विगत डेढ बर्ष अघिबाट सञ्चालनमा आएको अञ्जुपन्त फाउन्डेसनले यतिबेला विरगञ्ज, पर्सा, सर्लाही, मकवानपुर लगायतका स्थानमा गएर गरिव, असक्षम तथा असहायहरुलाई सहयोग गरिरहेको छ ।

जस अन्तर्गत फाउन्डेसनले  आइतवार वीरगन्ज करागार समता स्कुलका १ सय वालवालिकालाई अध्ययनमा सहजहोस भन्ने उदेश्यले झोला, कापी, पेन्सील, इरेजर, चक्लेटलगायतका सामाग्री वितरण गरेको छ ।

साथै फाउन्डेसनले सोमवार पर्सा जिल्लाको महुवन रामनगरीयाा अपांग आश्रमका २० अपांगहरुलाई न्योनो कपडा वितरण गरेको छ । जाडो बढेसंगै तराईमा अत्याधिक चिसो हुनुका साथै सितलहरले ज्यानै जान सक्नेहुनाले फाउन्डेसनले सके जति असहायहरुलाई न्यानो कपडा वितरण गरेको फाउन्डेसन सञ्चालक तथा गायिका अन्जु पन्तले जानकारी दिइन्। ।

प्रकाशित :मंसिर २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्