आजबाट प्रसाद प्रदर्शना

- साप्ताहिक संवाददाता

मंसिर २०, २०७५

सन्तान नभएपछि एउटा दम्पतीले परिवार, समाज र समग्र गाउँबाट कस्ता खालका टिका–टिप्पणी सुन्नु वा व्यवहार सहनुपर्छ ? के–कति पीडा खेप्नुपर्छ भन्ने विषयमा आधारित चलचित्र  हो– प्रसाद । यो चलचित्रले एक महिनाअघि सार्वजनिक गीत लै लै, वनकी चरीबाट चर्चा कमाएको थियो र ट्ेरलर पनि उस्तै दमदार देखिएपछि दर्शकहरू चलचित्र प्रसादप्रति निकै उत्सुक देखिएका छन् । 

यो चलचत्रिमा नि:सन्तान दम्पतीको पीडा र उनीहरूको संघर्ष चित्रण गरिएको निर्देशक दिनेश राउत बताउँछन् । निर्देशक राउतले चलचित्रमा समाजको बास्तविक घटना समेटिएको बताए । प्रसादमा परिपक्व र अभिनयमा  दख्खल राख्ने कलाकारहरू भएका कारण समग्र चलचित्रले कथाप्रति न्याय गरेको निर्माण टिम बताउँछ । सुशील पौडेलले लेखेको यो चलचित्रमा सन्तान नहुँदा भोग्नुपर्ने सामाजिक एवं मानसिक अप्ठयाराहरूलाई  दुई पात्र बाबुराम तथा नारायणी मार्फत देखाइएको छ । 

१ करोड ८० लाख रुपैयाँ लगानी गरिएको यो चलचित्रको प्रदर्शन नेपाललगायत १० भन्दा बढी मुलुकमा हुने बताइएको छ । नेपाल र अस्ट्ेरलियामा एकसाथ प्रदर्शन हुने प्रसादको छायाँकन काठमाडौं उपत्यकामा छायाँकन गरिएको हो । यसको छायाँकन सकिन ४० दिन लागेको थियो भने १५ महिनामा समग्र चलचित्र निर्माण भएर प्रदर्शनका लागि तयार भएको हो । सुवास थापाले निर्माण गरेको चलचित्र प्रसादमा विपिन कार्कीले ग्रामीण भेगका दलित युवाको भूमिका निर्वाह गरेका छन् । 

निर्देशक : दिनेश राउत

कलाकार : नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत आदि ।

संगीत : सुवास भुषाल

 

प्रकाशित :मंसिर २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्