मलाई घुम्न मन लाग्ने ५ ठाउँ

- साप्ताहिक संवाददाता

मंसिर २०, २०७५

                                                           दीपिका प्रसाईँ, अभिनेत्री 

धनगढी 

धनगढी मलाई घुम्न जान मन लागिरहने ठाउँ मध्ये एक हो । म धनगढीमै जन्मिएँ, हुर्किएँ । त्यसैले पनि मलाई धनगढी एकदमै मनपर्छ । यसपालिको दसैंमा पनि म धनगढी गएकी थिएँ । अब फेरि फुर्सद मिले जाने योजनामा छु । 

पोखरा 

चलचित्र छक्कापञ्जा–३ को सुटिङका क्रममा केही समय पोखरा बसेकी थिएँ । त्यति बेला खासै घुमघाम गर्ने मौका त मिलेन तर मलाई पोखराको मनमोहक प्राकृतिक दृश्यले लोभ्याएको छ । त्यसैले अब फेरि एकपटक घुम्ने योजना सहित पोखरा पुग्न मन लागिरहेको छ । 

झापा 

मलाई झापा जान एकदमै मन लागेको छ । मेरो बुबाको जन्मस्थान भएकाले पनि ममा झापा जाने इच्छा जागेको हो । 

पाल्पा 

पाल्पा मेरी मम्मीको जन्मस्थल हो । म सानैमा पाल्पा गएकी थिएँ । सानै भएकाले त्यहाँको धेरै कुरा सम्झना छैन । त्यसैले म एकपटक पाल्पा घुम्न जाने योजनामा छु । 

मुस्ताङ 

म चलचित्र ऐश्वर्यको सुटिङका क्रममा मुस्ताङ पुगेकी थिएँ । त्यति बेला सुटिङले गर्दा त्यति घुम्न पाइनँ । अब चाहिँ घुम्ने योजनाका साथ मुस्ताङ पुग्न मन लागिरहेको छ ।

प्रकाशित :मंसिर २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्