मोबाइलबिनाको जीवन कल्पना गर्न सकिन्छ ?

- साप्ताहिक संवाददाता

मंसिर २०, २०७५

कल्पनाचाहिँ गर्न सकिन्छ । 

कमल बलामी

सकिन्छ । 

रुयुजकि लामा

मोबाइल सञ्चार र मनोरञ्जनको साधन हो ! यो बाँच्नै नसक्ने अक्सिजन हो र ? कि फोक्सो हो ? कस्तो प्रश्न गरेको ? मोबाइलले पेट त भरिँदैन । खाने त अन्न नै हो, अनि बाँच्न सकिँदैन ?

ब्रहिम विष्ट

सकिन्छ, तर माया गर्ने मायालु साथमा छ भने ।

नीलिमा ठकुरी

सकिन्छ, मज्जाले सकिन्छ

खेमप्रसाद

मज्जाले सकिन्छ, किन सकिँदैन ?

नीलकण्ठ सुवेदी

अहँ, सक्दै सक्दिनँ ।

पाख्रिन केटो म

किन सकिँदैन ? कल्पनै त हो नि, मज्जाले सकिन्छ ।

रोहन राना

पहिले यो प्रश्न सोध्नेको उत्तर चाहियो । तपाईं प्रभुले मोबाइल बोक्न थालेको कति भयो ? नेपालमा अधिकांश मानिसको हातमा मोबाइल पुगेको कति समय भयो ? मोबाइल आउनुभन्दा पहिले मानिसले जीवनलाई कसरी चलाउँथे । यस्ता आलु कुरा नगरे हुन्छ ।

नरबहादुर तिलिजा पुन

कल्पना गर्न सकिन्छ, बस्न सकिँदैन ।

अस्मिता गुरुङ

सबैको आ–आफ्नो विचार हो । नेपालमा सबै जनासँग मोबाइल छ भन्न सकिँदैन । कति ठाउँका मानिस मोबाइलबिना पनि बाँचेकै छन् ।

दु:खी आत्मा

मिनेट त सक्दिनँ, घण्टाको कुरा गर्नुहुन्छ यार †

मनोज तुम्बापो लिम्बू

मज्जाले सकिन्छ नि !

अशोक तिवारी

पहिले मसँग मोबाइल थिएन । खै बाँचेर यत्रो भैसकें त । 

लक्ष्मण आरसी

सकिन्छ भन्ने तिनै महान् व्यक्ति हुन्, जो अहिले पनि मोबाइलबाटै कमेन्ट गर्दैछन् । 

आभास सुवेदी

सकिन्छ, तर जीवनशैलीमा भने परिवर्तन गर्नुपर्छ । 

भूपेन्द्र बरुवाल

कल्पना त हो नि ! किन नसक्नु ?

रञ्जन

मोबाइल नहुँदा केही हुँदैन, तर इन्टरनेट भएन भनेचाहिँ म पागल हुन्छ । 

जगत घले

सकिन्छ, तर समय लाग्छ । धेरै–धेरै कुरा बदल्नुपर्छ । 

प्रदिप बगाले

ए हजुर ! कल्पना गर्दैमा त के बिग्रन्छ र ?

टाइटन सुमन

खै, एकछिन् मोबाइल भएन भने के छैन के छैन जस्तो हुन्छ ।

समीप राना मगर

गज्जबले सकिन्छ, पहिले पनि सकेकै हो ।

जुन 

कल्पना मात्र गर्न त सकिहालिन्छ नि ।

सागर भट्टराई

चैबीसै घन्टा मोबाइलमा झुन्डिनेहरूका लागिचाहिँ मुस्किल होला ।

आरजे कुमार गौतम

एकपटक मोबाइल नदीमा फालेर हेर्नुहोस्, आफैं थाहा पाउनुहुन्छ ।

हरि मगर

सम्भव नहुने त कुरै छैन नि ।

एकल यात्री

सायद ।

कृष्ण काभ्रेली

पहिले त मोबाइल नै थिएन नि । 

उत्तम थापा

अवश्य सकिन्छ । किन नसकिनु र ?

नारायण चौलागार्इं

केही हदसम्म गार्‍हो भए पनि सकिन्छ । 

डिएम राई

सकिँदैन जस्तो लाग्छ । 

कृष्ण घर्तीमगर

तपाईंको दिमागमा यस्तो कुरा किन आएको होला ?

योगेन गुरुङ

हिजो मोबाइल नहुँदा पनि त जीवन चलेकै थियो नि, किन नसक्नु ! केही समय गाह्रो होला, त्यो आफ्नै ठाउँमा छ तर सकिन्छ ।

कुमार बुढाथोकी

 

प्रकाशित :मंसिर २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्