लन्डनमा पनि उसेन बोल्टको रेस्टुराँ

- साप्ताहिक संवाददाता

मंसिर १९, २०७५

संसारकै सर्वाधिक तीव्र गतिका धावक जमैकाका उसेन बोल्टले हालै लन्डनमा आफ्नो रेस्टुराँको शाखा खोलेका छन् । उनले यसअघि ट्रयाक एन्ड रेकर्ड्स नामक आफ्नो रेस्टुराँ जमैकाको सेन्ट एन्ड्रयु, सेन्ट एन तथा मोन्टेगो बेमा स्थापना गरिसकेका छन् । 

हालै खोलिएको लन्डनस्थित रेस्टुराँको तस्बिर उनले इन्स्टाग्राममार्फत सार्वजनिक गरेका छन् । रेस्टुराँको रिसेप्सन डेस्कमा १ सय तथा २ सय मिटरको बोर्ड राखिएको छ । त्यसमा उसेन बोल्टले कायम गरेको विश्व कीर्तिमानका बारेमा लेखिएको छ । रेस्टुराँको तल्लो भागमा लाइभ डिजेको व्यवस्था छ । 

यो रेस्टुराँमा एउटा प्राइभेट एरिया पनि छ, जहाँ बोल्ट रातको अबेरसम्म बसेर पार्टीको मज्जा लिन सक्छन् । यो रेस्टुराँको इन्टेरियर डिजाइनमा जमैकाको संस्कृतिलाई प्राथमिकता दिइएको छ । 

प्रकाशित :मंसिर १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्