छक्का पन्जा ३ को सक्सेस पार्टी

- साप्ताहिक संवाददाता

मंसिर १९, २०७५

चलचित्र ‘छक्का पन्जा ३’ ले ५१ दिन मनाएको अवसरमा भव्य सेलिब्रेसन गरिएको छ । चलचित्र निर्माण पक्षले रेड कार्पेट सहित सफलताको खुशी बाँडेको हो । मंगलबार साँझ आयोजित  कार्यक्रममा चलचित्र क्षेत्रका धेरै चलचित्रकर्मी र पत्रकारको उपस्थिती थियो । देशभरका १३ हलमा चलचित्रले ५१ दिन मनाएको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा चलचित्रका कलाकार, प्राविधिक र पत्रकारलाई मायाको चिनो र सम्मान पत्र वितरण गरिएको थियो । सफलताको खुशी साटासाट गर्ने क्रममा चलचित्रका लेखक, निर्माता तथा कलाकार दिपकराज गिरीले ‘छक्का पन्जा ३’को सफलता सम्पूर्ण चलचित्रकर्मीकै सफलता भएको उल्लेख गरे । 

उनले नेपाली चलचित्रले प्रविधिले निपूर्ण तथा बलिउडका अरबौ लगानीमा बनेका चलचित्रसँग प्रतिस्पर्धा गर्दा पनि सर्वाधिक कमाई गर्न सफल हुनुमा हाम्रा चलचित्र कम छैनन् भन्ने प्रमाण हुन् । गिरीले प्राविधिक रुपमा बलिउड र हलिउड चलचित्रलाई हराउन नसकिने समेत बताए ।

तर, कथावस्तु, गीतसंगीत, मौलिकताको आधारमा नेपाली चलचित्रले विदेशी चलचित्रलाई पछि पार्न सक्ने उनको भनाई थियो । हरेक हप्ता नयाँ नेपाली चलचित्र रिलिज हुने भन्दै ‘छक्का पन्जा ३’ले जस्तै व्यापार अरु नेपाली चलचित्रले पनि गर्नुपर्ने उनको भनाई थियो ।

प्रकाशित :मंसिर १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्