मेनेन्जाइटिसबाट बचाउने नयाँ ड्रप

- साप्ताहिक संवाददाता

मंसिर १८, २०७५

अब राम्रो ब्याक्टेरियाले नराम्रो ब्याक्टेरियाका कारण हुने संक्रमणबाट जोगाउने औषधि प्रचलनमा आउने भएको छ । 

बेलायतको नेसनल इन्टिच्युट फर हेल्थ रिसर्च तथा बेलायतकै साउथम्पटन बायोमेडिकल रिसर्च सेन्टरले विकास गरेको उक्त नयाँ नोज ड्रपमा अत्यधिक मात्रामा राम्रा ब्याक्टेरिया छन्, जसले मानिसलाई मेनेन्जाइटिसको संक्रमणबाट जोगाउने दाबी गरिएको छ । 

उक्त नोज ड्रपमा विशेष प्रकारका ब्याक्टेरिया समावेश गरिएको छ, जसले संक्रमणसँग लड्ने काम गर्छन् । मेनेन्जाइटिस जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ, तर यसले बढीजसो नवजात शिशुलाई प्रभावित तुल्याउँछ । 

प्रकाशित :मंसिर १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्