समर लभको पहिलो गीत, पुष्पनको स्वरमा सार्वजनिक

- साप्ताहिक संवाददाता

मंसिर १८, २०७५

 

चलचित्र ‘समर लभ’को पहिलो गीत रिलिज भएको छ । चलचित्रको रिलिज डेट नजिकिदै गर्दा निर्माण टीमले ‘साया’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा कलाकार आशिष पिया र रेवती क्षेत्रीले रोमान्स गरेका छन् । 

सुबिन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित चलचित्रको सार्वजनिक गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । सार्वजनिक गीत अहिले निक्कै चर्चामा रहेका गायक पुष्पन प्रधानले गाएका छन् । उनलाई गायिका बानिका प्रधानले गायनमा साथ दिएकी छिन् । गीतमा शब्द तथा संगीत पुष्पनकै रहेको छ । 

चलचित्र ‘समर लभ’ (भ्यालेन्टाइन डे)को अबसर पारेर आगामी माघ २५ बाट प्रदर्शनको तयारीमा छ । चलचित्रको यस अघि टिजर सार्वजनिक गरिएको थियो । सार्वजनिक टिजरमा रेवतीले दिएको नग्न दृष्यलाई लिएर विभिन्न खाले प्रतिकृयाहरु आईरहेका छन् । 

मुस्कान ढकालले निर्देशन गरेको चलचित्रमा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारीले शिर्ष भूमिकामा अभिनय गरेका छन् ।  

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने चलचित्रको संवादमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् । 

सायाको भिडियो :

प्रकाशित :मंसिर १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्