पार्किन्सनको उपचारमा सहयोगी मिमी

- साप्ताहिक संवाददाता

मंसिर १८, २०७५

मानव मस्तिष्कमा २ मिलिमिटर आकारको एउटा नयाँ ठाउँ पत्ता लागेको छ, जसमा पार्किन्सनका रोगीहरूको उपचारमा सहयोगी मानिएको मिमी नामक तत्व राख्न सकिनेछ । अस्ट्रेलियाका न्युरोलोजिस्ट प्राध्यापक जर्ज पेक्सिनोसका अनुसार मानिसको मस्तिष्कमा रहेको उक्त ठाउँलाई एडोरोस्टिपर्म न्युक्लियस नाम दिइएको छ । 

यो विषयमा प्राध्यापक जर्ज पेक्सिनोसले आफ्नो पुस्तक ह्युमेन ब्रेन स्टेममा सविस्तार उल्लेख गरेका छन् । यो अध्ययनले पार्किन्सन रोगसँग सम्बन्धित विषयको उपचारमा नयाँ बहस चलाउने दाबी गरेको छ । यो नयाँ खोजले पार्किन्सन तथा मोटर न्युरोनका बिरामीहरूको उपचारमा सहयोग गर्ने बताइएको छ । 

प्रकाशित :मंसिर १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्