दाउरामा पाकेको खाना

- साप्ताहिक संवाददाता

मंसिर १७, २०७५

काठमाडौंमा दाउरामा पाकेको खानाको स्वाद लिने ठाउँ बिरलै फेला पर्छ । धुम्बाराहीचोक नजिक ०६८ सालमा खुलेको नेपाली भान्छा घरमा भने दाउरामा पाकेको खानाको स्वाद लिन सकिन्छ । त्यही कारणले यो रेस्टुराँ धेरैको रोजाइमा पर्ने गरेको छ । यहाँ काठमाडौं उपत्यकाभित्र सञ्चालित काठका मिल र अन्य बिभिन्न ठाउँबाट दाउरा ल्याइन्छ ।

यो भान्छाघरमा उपलब्ध हुने सबै परिकार दाउरामै पकाइन्छ । सुकेधाराका बासुराम बस्नेतको पारिवारिक व्यापार हो– यो नेपाली भान्छा घर । उनका तीनै भाइ यही व्यापारमा होमिएका छन् । यहाँ तयार हुने नेपाली खाना सेट, ढिंडो सेट, लोकल कुखुरा, सेकुवा, म:म, मटन सेकुवा आदिको स्वाद लिन अमेरिकन, चाइनिज आदि विदेशी पर्यटक समेत पुग्छन् ।

उनीहरू यहाँको गुन्द्रुक, करेलाका साथै अन्य नेपाली परिकारको स्वाद अत्यधिक रुचाउँछन्, सञ्चालक बासुराम भन्छन्– अब हामी शाखा विस्तार गर्ने योजनामा छौं । यो भान्छा घरमा एक पटक–२ सय जनासम्म मानिस अटाउन सक्ने क्षमता छ ।

यहाँ रहेका तीनवटै फ्लोर प्राय: खाली रहँदैनन् । मध्यम वर्गीय मानिसहरूलाई लक्षित गरेर सुरु गरिएको यो भान्छा खासै महँगो छैन । यसको लोकप्रियता कति छ भने बिभिन्न ठाउँबाट यसको फ्रेन्चाइज लिन दिनहँु मानिसहरू आउने गरेका छन् । ५ लाख रुपैयाँमा सुरु गरिएको यो रेस्टुराँमा अहिलेसम्म पौने एक करोड रुपैयाँ लगानी भैसकेको बासुरामले बताए ।  

उपलब्ध परिकार

खाना सेट मटन  -         २ सय २० रुपैयाँ

चिकेन    -                २ सय रुपैयाँ

लोकल कुखुरा र ढिंडो  -       २ सय ५० रुपैयाँ

ढिंडो र मटन सेट    -       २ सय ८० रुपैयाँ

चिकेन सेकुवा प्रतिकेजी      -      ७ सय रुपैयाँ

पोर्क          -           ७ सय रुपैयाँँ

मटन सेकुवा (प्रतिकेजी)    -   १ हजार ६ सय रुपैयाँँ

बफ म:म       -            ९० रुपैयाँँ

चिकेन म:म        -       १ सय २० रुपैयाँँ

प्रकाशित :मंसिर १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्