आउँदैछिन् मल्लिका

- साप्ताहिक संवाददाता

मंसिर १६, २०७५

सुरिलो स्वरसँगै सुन्दर मुहारकी धनी गायिका मल्लिका कार्की पछिल्लो समय सांगीतिक कार्यक्रममा व्यस्त रहिन् । अहिले आएर उनले दोस्रो एकल एल्बम सार्वजनिक गर्ने चाँजोपाँजो मिलाउँदैछिन् ।  

अघिल्लो साता काठमाडौंमा साप्ताहिककर्मीसँगको जम्काभेटमा मल्लिकाले एक महिनाभित्रै नयाँ एकल एल्बममार्फत दर्शक तथा श्रोतामाझ आउन लागेको बताइन् । मल्लिकाले आफ्नो नयाँ एल्बमको शीर्षक ‘मौसम’ राखेकी छिन्, जसमा सुगम संगीतमा आधारित आधा दर्जन गीत समावेश गरिनेछ, जसमा आलोकश्रीको एकल संगीत सुन्न सकिन्छ । 

हाल गीत रेकर्डिङ भन्दा विदेशका सांगीतिक कार्यक्रमहरूमा व्यस्त मल्लिका केही समयअघि मात्र युरोपमा कार्यक्रम प्रस्तुत गरेर स्वदेश फर्किएकी हुन् । त्यसअघि उनी क्यानाडामा थिइन् । 

प्रकाशित :मंसिर १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्