बोलीको छैन भर

- साप्ताहिक संवाददाता

मंसिर १५, २०७५

हिंड्दै छ पाइला मेट्दैछ भन्ने नेपाली उखान अभिनेत्री आँचल शर्मामा ठ्याक्कै मेल खान्छ । चलचित्र शत्रुगते प्रदर्शन भएर व्यावसायिक रूपमा सफल भैसकेपछि आँचलको एउटा भनाइ चर्चामा रह्यो । 

आँचलले मल्टिस्टारर उक्त चलचित्रमा आफू भीडमै हराएकाले आगामी दिनमा त्यस्ता चलचित्रमा अभिनय नगर्ने घोषणा नै गरेकी थिइन् । यद्यपि उनको घोषणा केही महिना पनि टिकेन ।

आँचल पहिले जुन ब्यानरले निर्माण गरेको चलचित्रमा अभिनय गरेर पछुताएकी थिइन् अहिले आएर पुन: त्यही ब्यानरको चलचित्रमा आबद्ध भएकी छिन् ।

 किरण केसीको चलचित्र दाल भात तरकारीमा अभिनय गर्न थालेपछि आँचलले आफ्नै पुरानो घोषणाको खण्डन गरेकी हुन् । पहिले स्वस्तिमा खड्काले अभिनय गर्ने भनिएको उक्त भूमिकामा आँचलले मौका पाएको बताइन्छ । स्वस्तिमा अर्कै चलचित्रमा आबद्ध हुनुपर्ने भएपछि आँचलका लागि बाटो खुला भएको हो । 

प्रकाशित :मंसिर १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्