जिउँदो यौन पुतली

- साप्ताहिक संवाददाता

मंसिर १४, २०७५

 

जर्मनीकी मेकअप आर्टिस्ट इभानाले आफूलाई यौन पुतलीजस्तो देखाउन शरीरमा २० पटकभन्दा बढी प्लास्टिक सर्जरी गराइसकेकी छिन् । प्लास्टिक सर्जरी गर्नुअघि आफू खासै राम्री नरहेको बताउने इभाना अझै पनि केही अंगको प्लास्टिक सर्जरी गराएर आफ्नो स्वरूपमा परिवर्तन ल्याउनुपर्ने बताउँछिन् । 

२६ वर्षीया इभानाले ५ पटक नाकको, ३ पटक स्तनका साथै एक–एक पटक परेला, च्यापु र कानको प्लास्टिक सर्जरी गराएकी छिन् । प्लास्टिक सर्जरीमार्फत उनले ल्याएको सबैभन्दा ठूलो परिवर्तन स्तनको हो । अहिले उनको स्तनको आकार ९५ जी छ । इभानाले प्लास्टिक सर्जरीमार्फत आफ्नो स्वरूपमा परिवर्तन ल्याउन १ करोड ३० लाख रुपैंयाँ खर्च गरिसकेकी छिन् । 

सामाजिक संजालमा ‘जिउँदो यौन पुतली’ उपनाम पाएकी इभानालाई फलो गर्नेहरूको संख्या पनि निरन्तर बढिरहेको छ । वयस्क चलचित्रकी अभिनेत्री लोलो फरारीलाई आदर्श मान्ने इभानालाई अहिले प्रत्यक्ष भेट्ने वा देख्नेहरूले ‘जिउँदो यौन पुतली’ भनेरै बोलाउन थालेका छन् ।

प्रकाशित :मंसिर १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्