छक्का पञ्जा ३ को ५१ औँ दिन

- साप्ताहिक संवाददाता

मंसिर १३, २०७५

गत घटस्थापना देखि प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ले सफलता पुर्वक प्रदर्शनको ५१ औँ दिन पार गरेको छ । असोज २४ देखि प्रदर्शनमा आएको चलचित्रले उपत्यका र मोफसलमा १३ वटा हलमा प्रदर्शनको  ५१ औँ दिन पार गरेको हो । अघिल्लो सिरिजहरु ‘छक्का पञ्जा’ले १०१ दिन र ‘छक्का पञ्जा २’ ले ५१ औँ दिन पार गरेका थिए । 

चलचित्रका सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रले उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु, गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार गरेको हो । 

यसैगरि मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल, क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । कन्टेन विथ कमेडी भनिएको छक्का पञ्जाको तेस्रो सिरिजलाई अघिल्ला चलचित्रहरुको तुलनामा दर्शकसँगै समिक्षकले पनि रुचाएका थिए । 

चलचित्रमा दीपक राज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाई, शिवहरी पौडेल, शिशिर बांग्देल, नीर शाह, किरण केसी, जयनन्द लामा लगायतका कलाकारले अभिनय गरेका छन् । 

 

प्रकाशित :मंसिर १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्