विश्वका केही चिसा क्षेत्र

- साप्ताहिक संवाददाता

मंसिर १२, २०७५

 

अन्टाकर्टिका : यो एउटा महादेश नै हो तर यहाँ मानव जीवन नभएको हुँदा एउटा छुट्टै महादेशलाई नै देशका रूपमा पनि हिसाब गर्ने चलन छ । यो महादेशलाई विश्वमै सबैभन्दा चिसो स्थान मानिन्छ । सधै हिउँ पर्ने अन्टाकर्टीको तापक्रम सधैं माइनस सय डिग्री हुन्छ । 

रसिया : युरोप र एसिया दुवै महादेशमा पर्ने यो देश पनि धेरै चिसो देश हो । जाडो मौसममा मात्र नभएर यहाँको साइबेरीया क्षेत्रमा गर्मी मौसममा समेत शून्य डिग्री तापक्रम रहन्छ । 

ग्रिनल्याण्ड: ग्रिनल्यान्ड भन्नासाथ हामी हरियाली सम्झन्छौ तर यो देशको उत्तरतर्फ हरियो चिज फेला पार्न मुस्किल हुन्छ । यहाँ सधैं हिउँ पर्छ । यो देशलाई हिउँको महासागरले सबैतर्फबाट घेरेको छ । गर्मीयाममा पनि यहाँको तापक्रम माइनस जिरो हुन्छ । अझ रोचक कुरा त के छ भने गर्मी मौसममा यहाँ २२ घण्टासम्म घाम देखिन्छ भने जाडो मौसममा ३ घण्टामात्र घामको दर्शन पाइन्छ । 

क्यानाडा: बढी चिसो हुने देशको पाचौँ  नम्बरमा छ– क्यानाडा । प्रसस्तै हरियाली भएको यो देशमा जब चिसो मौसम सुरु हुन्छ रूख–बिरुवा तथा पोखरीहरू सेता देखिन थाल्छन् । त्यति बेला यहाँको तापक्रम माइनस ४० डिग्रीसम्म पुग्ने गरेको छ । 

आइसल्याड: आइसल्याड र ग्रिनल्यान्डको प्रकृतिक अवस्था हेर्दा यिनको नामाकरण ठीक उल्टो छ । ग्रिनल्यान्डमा सधैं आइस हुन्छ भने आइसल्यान्ड गर्मी सिजनमा हरियो देखिन्छ तर यहाँको सामान्य तापक्रम १० डिग्रीभन्दा माथि मापन गरिएको छैन । आइसल्यान्डको उत्तरी क्षेत्रको तापक्रम सामान्यतय: माइनस रहन्छ । 

फिनल्याण्ड: युरोपको सुदूर उत्तरमा अवस्थित फिनल्यान्ड प्राय: हिउँ परिरहने देश हो । यहाँ शून्यभन्दा कम तापक्रम हुन्छ । 

मंगोलिया: बढी चिसो हुने देशको दसौँ  नम्बरमा एसियाली देश मंगोलिया छ । मध्ये एसियाको यो भागमा पर्ने स्कट हिमाली क्षेत्रका कारण यहाँको मौसम चिसो हुन्छ । उच्च हिमाली क्षेत्रमा पर्ने हिउँका कारण मंगोलियामा माइनस २० डिग्री तापक्रमभन्दा बढी मापन हुने गरेको छ ।

प्रकाशित :मंसिर १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्