रोनाल्डोले गर्दैछन् जर्जिनासँग विवाह

- साप्ताहिक संवाददाता

मंसिर ११, २०७५

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो छिट्टै विवाह बन्धनमा बाँधिँदैछन् । रोनाल्डोले केन डान्सर जर्जिना रोड्रिग्वेजका साथ विवाह गर्ने समाचार पश्चिमी सञ्चारमाध्यमहरूले प्रवाह गरेका छन् । यद्यपि यसको औपचारिक घोषणा भने भएको छैन ।

हाल जर्जिना आफ्नो विवाहका लागि वेडिङ ड्रेस छनौटमा व्यस्त छिन् । विवाह कहाँ हुनेछ भन्ने विषयमा पनि केही बताइएको छैन । रोनाल्डोले विवाहपश्चात् ग्रान्ड रिसेप्सन पार्टी दिने अनुमान गरिएको छ । २३ वर्षीया जर्जिना प्रोफेसनल केन डान्सर हुन् । ३३ वर्षीय रोनाल्डो र जर्जिना विगत दुई वर्षयता डेटिङमा छन् । 

रोनाल्डो रसियन मोडल इरिना साइकसँग करिब पाँच वर्ष डेटिङमा रमाए । २०१५ जनवरीसम्म चलेको उनीहरूबीचको सम्बन्ध समाप्तिलाई इरिनाकी बहिनी एल्माले ‘मृत्यु जस्तै’ बताएकी थिइन् । 

रोनाल्डो त्यसपछि विभिन्न महिलासँग जोडिए पनि दुई वर्षयता जोर्जिना नै उनको ‘अफिसियल पार्टनर’ थिइन् । उनीहरूबाट गत वर्षको नोभेम्बरमा छोरी एलाना मार्टिना पनि जन्मिसकेकी छिन् ।

 

प्रकाशित :मंसिर ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्