ट्याक्सीभन्दा सस्तो टुटल

- सिर्जना दुवाल श्रेष्ठ

मंसिर १०, २०७५

                                                                                   -  मुना गौचन, मोडल

टुटल प्रयोग गर्न थालेको कति भयो ?

एक वर्ष नाघिसक्यो ।

पहिलोपल्ट टुटल प्रयोग गरेको क्षण सम्झना छ ?

फोटोसुटकै बेला हो । त्यति बेला मसँग ट्याक्सी चढ्ने पर्याप्त पैसा थिएन । साथीले टुटल एप्स डाउनलोड गरी नाम र नम्बर राखिदिएपछि प्रयोग गर्न थालेकी हुँ ।

कति पटक टुटल चढ्नुभयो होला ?

काममा निस्कँदा दिनकै तीन–चार पटक चढिरहेकी हुन्छु । हिसाबै गर्दा १ हजारभन्दा बढी पटक प्रयोग गरिसकेकी छु । 

यसले कत्तिको सहज बनाएको छ ?

म आफ्नै सवारी साधन नचढ्ने भएकाले धेरै नै सजिलो छ । ट्याक्सीभन्दा सस्तो पनि छ ।

टुटल फोन गरेको कति समयभित्र आइपुग्छ ?

२० मिनेटभित्र भनेकै ठाउँमा आइपुग्छ ।

सबैभन्दा बढी कति पैसासम्म तिरेको सम्झना छ ?

बुढानीलकण्ठबाट झम्सिखेल आउँदा ३ सय २० रुपैयाँसम्म तिरेकी छु ।

सबैभन्दा कम तिरेको भाडा नि ?

७० रुपैयाँ तिरेकी छु ।

टुटलमा के–कस्ता समस्या भोग्नुभएको छ ?

खासै ठूलो समस्या त आइपरेको छैन, तर कहिलेकाहीं स्पिडमा चलाउन तथा हतार गर्न खोज्छन् । आफूले बिस्तारै चलाऊ भनेपछि बिस्तारै चलाउँछन् ।

टुटल चलाउने केटा वा केटी छान्नुहुन्छ ?

सुरुमा एक–दुई पटक छानेकी थिएँ तर पछि जो पठाए पनि चढिरहेकी छु । 

टुटल प्रयोग गर्दाका फाइदा ?

कम पैसामै गन्तव्यमा पुग्नु सकिन्छ ।

स्कुटरचाहिं किन नचढेको ?

बुढानीलकण्ठ बस्ने भएकाले दूरी पनि लामो हुन्छ । फेरि मलाई स्कुटर चलाउन डर लाग्छ । 

दुर्घटनाका खबरका कारण ममा आफैं स्कुर चलाउने आँटै आएन ।

अझै कति समय यसको प्रयोग गर्ने सोच छ ?

आफैंले कमाएर कार नकिन्दासम्म ।

 

प्रकाशित :मंसिर १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्