विश्वकै पहिलो फोल्डेबल स्मार्टफोन

- साप्ताहिक संवाददाता

मंसिर १०, २०७५

चिनियाँ कम्पनी रोयल टेक्नोलोजीले फोल्ड गर्न मिल्ने फोन सार्वजनिक गरेको छ । रोयल टेक्नोलोजीले ल्याउने यो फोनको नाम ‘फ्लेक्स पाई’ राखिएको छ । यो स्मार्टफोन एउटा ट्याबलेटजस्तो आकार र डिजाइनको छ, जसलाई पूर्ण आकारमा अनफोल्ड गरेर हेर्दा ७ दशमलव ८ इन्चको डिस्प्ले प्रयोग गर्न सकिन्छ । यदि यो ट्याबलेटलाई फोल्ड गरेर प्रयोग गर्ने हो भने यसमा ४ इन्चको डिस्प्ले देख्न सकिन्छ । 

रोयल टेक्नोलोजीले यो फोनमा एमोलेड डिस्प्ले प्रयोग गरेको छ भने यसलाई फोल्ड गरेर समेत दुवैतर्फबाट प्रयोग गर्न सकिन्छ । यो स्मार्टफोन एन्ड्रोइडमा आधारित कस्टम भर्सनमा सञ्चालन हुन्छ, जसलाई वाटर ओएस भनिएको छ । फोनमा तस्बिरका लागि ड्यूल क्यामेरा छ, जसमा १६ प्लस २० मेगापिक्सेलको सेन्सर छ । यी क्यामेरालाई सेल्फी तथा भिडियोका लागि प्रयोग गर्न सकिन्छ । 

स्मार्टफोनमा क्वालकमको स्न्यापड्रागन ८१५० प्रोसेसर प्रयोग गरिएको छ भने यसमा ६ जीबी र्‍याम तथा १ सय २८ जीबी आन्तरिक स्टोरेज हुनेछ । आगामी डिसेम्बरसम्ममा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुने यो फोनको मूल्य करिब ९ हजार युआन भएको बताइएको छ । उता पाँचौं डेभलपर कन्फ्रेन्सका क्रममा सामसुङले पनि फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुङ स्मार्टफोनको व्यवसायिक उत्पादन आगामी महिना नै प्रारम्भ हुनेछ । 

प्रकाशित :मंसिर १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्