ट्रेलरमा सुश्री सम्पति

- साप्ताहिक संवाददाता

मंसिर ९, २०७५

चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दुई युवालले सुश्री सम्पतिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइएको छ । ट्रेलरमा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी र राजाराम पौडेल फिचर्ड छन् । 

पोष्टप्रोडक्सनमा रहेको चलचित्रको ट्रेलर सहिल खानले तयार पारेका हुन् । रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय गरेका छन् । अभिनेत्री  प्रियंका कार्की यो चलचित्रमा विशेष भूमिकामा देखा पर्ने छिन् । 

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । चलचित्र मङ्सिर २८ मा रिलिज हुने छ । 

चलचित्रको ट्रेलर :

 

प्रकाशित :मंसिर ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्