आर्ट काउन्सिलमा चित्रकला

- साप्ताहिक संवाददाता

मंसिर ७, २०७५

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनी हुने भएको छ । ई–आर्ट नेपालले आयोजना गर्न लागेको उक्त प्रदर्शनीमा ६ जना इन्डोनेसियन कलाकारका २६ वटा चित्र राखिनेछ । मंसिर १२ गते प्रारम्भ हुने प्रदर्शनी १५ गतेसम्म चल्ने आयोजकहरूले बताएका छन् । 

एकल चित्रकला प्रर्दशनी

पोखरा आर्ट ग्यालरी, महेन्द्रपुलमा कात्तिक ३० गते प्रारम्भ भएको कलाकार सुनिल सिग्देलको एकल चित्रकला प्रदर्शनी आज मंसिर ७ गते शुक्रबारसम्म चल्नेछ । प्रदर्शनीमा सुनिलले क्यानभासमा उतारेका १७ वटा चित्र राखिएका छन् । ती चित्र उनले सन् २००९ देखि सन् २०१८ सम्म क्यानभासमा उतारेका हुन् । सिग्देल यसअघि ६ पटक एकल चित्रकला प्रर्दशनी गरिसकेका छन् । पोखरामा भने यो उनको पहिलो एकल प्रदर्शनी हो । पोखरा कुँडहरका सुनिल त्रिभुवन विश्वविद्यालयअन्तर्गतको फाइन आर्ट क्याम्पसबाट स्नातक गरेका छन् । सुनिलले विदेशमा आयोजित विभिन्न कला प्रदर्शनीमा भाग समेत लिएका छन् ।

प्रकाशित :मंसिर ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्