ऋषिराज आचार्यको ड्रिम गर्ल

- साप्ताहिक संवाददाता

मंसिर ७, २०७५

सपनाकी राजकुमारीका बारेमा धेरैले केही न केही कल्पना गरेका हुन्छन् । साँच्चिकै सपनाकी राजकुमारी प्राप्त गर्न कति गाह्रो होला ? कति संघर्ष गर्नुपर्ला ? यिनै विषयमा आधारित चलचित्र हो— ड्रिम गर्ल । यो चलचित्र आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

 निर्देशक ऋषिराज आचार्यका अनुसार चलचित्र ड्रिम गर्ल प्रेमकथामा आधारित छ । लामो तयारीपछि निर्माण गरिएको यो चलचित्रमा २ करोडभन्दा बढी लगानी गरिएको छ । नेपालको रारादेखि विदेशका विभिन्न आकर्षक लोकेसनमा खिचिएको चलचित्रको ट्ेरलरलाई निकै मन पराइएको छ ।

 ड्रिम गर्लले सिंगल तथा मल्टिप्लेक्समा उच्च शो पाएको छ । 

निर्देशक : ऋषिराज आचार्य

कलाकार : आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन विक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मि भट्ट, सुरवीर पण्डित आदि ।

संगीत : अर्जुन पोखरेल

प्रकाशित :मंसिर ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्