सगरमाथा म्युजिक एवार्ड— २०७५

- साप्ताहिक संवाददाता

मंसिर ६, २०७५

नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ सरगरमाथा म्युजिक एवार्ड–२०७५ सम्पन्न भएको छ । रेस्पोन्सिभ मिडियाको आयोजनामा मंसिर ३ गते राजधानस्थित नेपाल सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा प्रस्तुत एवार्ड कार्यक्रममा कला, संगीत एवं सामाजिक क्षेत्रका दिग्गज व्यक्तित्वहरूको सहभागिता थियो । एवार्ड कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सगरमाथाको नामबाट सुरु भएको एवार्डले नेपालको कला एवं संस्कृतिको संवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । उक्त अवसरमा सात जना पत्रकारलाई सम्मानित गरिएको थियो भने कुल ४४ वटा विधामा कलाकर्मीहरू पुरस्कृत भएका थिए । 

एवार्डको निर्णय ज्युरी तथा एसएमएस भोटिङका आधारमा गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । थापाले कला र कलाकारको सम्मानका लागि यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे । एवार्डमा नेपालका अग्रज संगीतकर्मीदेखि नयाँ पुस्ता कलाकारहरूको उपस्थिति थियो । कार्यक्रममा आस्था कला केन्द्र तथा इलिगेन्स डान्स सेन्टरले समेत प्रस्तुति दिएका थिए ।

उक्त समारोहमा पाँच दशक लामो समय नेपालको सांगीतक इतिहासलाई समर्पण गरेकी लोक गायिका चन्द्रकला शाहलाई नगदसहित लाईफटाईक एचिभमेन्ट एवार्ड प्रदान गरिएको थियो भने श्याम अर्याल, लक्ष्मण सुवेदी, कुवेर गिरी, श्रीधर पौडेल, चन्द्रमणि गौतम तथा किरणप्रसाद अधिकारीलाई कला पत्रकारिताबाट सम्मानवाट सम्मानित गरिएको थियो । त्यस्तै चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारीलाई महिला सशक्तीकरण पत्रकारिता सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा इभेन्ट निर्देशक लवबहादुर कार्की, कोरियोग्राफर अश्विनी झा, अभिनेत्री सोभिता सिंखडा, लोकगायक गणेश गुरुङका साथै मिसेज एसिया प्यासिफिक चन्दा थापा सम्मानित भएका थिए ।

एवार्ड विजेता

राष्ट्रिय भाव

सर्वोत्कृष्ट गायक (राष्ट्रिय भाव) : शिव परियार 

सर्वोत्कृष्ट गायिक (राष्ट्रिय भाव) : अन्जु पन्त

सर्वोत्कृष्ट गीतकार (राष्ट्रिय भाव) : शान्तिप्रिय

सर्वोत्कृष्ट संगीतकार (राष्ट्रिय भाव) : सन्तोष श्रेष्ठ

चलचित्र

सर्वोत्कृष्ट गायक (चलचित्र) : डेविट शंकर

सर्वोत्कृष्ट गायिका (चलचित्र) : मीना निरौला 

सर्वोत्कृष्ट गीतकार (चलचित्र) : लोकराज अधिकारी

सर्वोत्कृष्ट संगीतकार (चलचित्र) : अर्जुन पोखरेल

सर्वोत्कृष्ट गीतकार चलचित्र (पपुलर अफ द इयर) : राजेन्द्र भट्ट

आधुनिक

सर्वोत्कृष्ट गायक (आधुनिक) : प्रमोद खरेल

सर्वोत्कृष्ट गायिक (आधुनिक) : मल्लिका कार्की 

सर्वोत्कृष्ट गीतकार पुरुष (आधुनिक) : माधव निर्दोष

सर्वोत्कृष्ट गीतकार महिला (आधुनिक) : सावित्री गौतम

सर्वोत्कृष्ट संगीतकार (आधुनिक) : सुरेन्द्र श्रेष्ठ

सर्वोत्कृष्ट मोडल पुरुष (आधुनिक) : सनम कठायत

सर्वोत्कृष्ट मोडल महिला (आधुनिक) : शिल्पा पोखरेल

सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (आधुनिक) : मुकेश हुमागाईं 

सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन (आधुनिक) : माधव बेल्वासे

सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (आधुनिक) : सुव्रतराज आचार्य सर्वोत्कृष्ट गीतकार महिला आधुनिक (पब्लिक च्वाइस) : अम्बिका गुरुङ 

सर्वोत्कृष्ट मोडल पुरुष आधुनिक (पपुलर) : दृश्य सुवेदी 

सर्वोत्कृष्ट मोडल पुरुष आधुनिक (जुरी) : 

श्रीदेव भट्टराई

सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक आधुनिक 

(जुरी) : माधव खरेल 

सर्वोत्कृष्ट आधुनिक गायिका पपुलर : स्मृति शाही 

सर्वोत्कृष्ट भिडियो (आधुनिक) : चोखो माया होमबहादुर घले

पप

सर्वोत्कृष्ट गायक (पप) : रञ्जित लामा

सर्वोत्कृष्ट गायिका (पप) : एन्जिला रेग्मी

सर्वोत्कृष्ट गीतकार (पप) : अजय अधिकारी

सर्वोत्कृष्ट संगीतकार (पप) : करणराज कार्की 

सर्वोत्कृष्ट मोडल पुरुष (पप) : विकास लामिछाने

सर्वोत्कृष्ट मोडल महिला (पप) : अनु शाह

सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (पप) : 

आदित्य बुढाथोकी

सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक (पप) : प्रविण श्रेष्ठ

सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (पप) : 

मिलन थापा

सर्वोत्कृष्ट संगीतकार पप (पब्लिक च्वाइस) : प्रकाश लेप्चा

सर्वोत्कृष्ट गायक पप (पपुलर) : कन्यैया सिंह

सर्वोत्कृष्ट संगीतकार पप (पब्लिक च्वाइस) : पुस्कर सुनुवार

सर्वोत्कृष्ट नवगायिका (पप/आधुनिक) : इन्दिरा भट्टराई

सर्वोत्कृष्ट युगल गायक (पप/आधुनिक) : धुर्व विस्को/सरु गौतम

सर्वोत्कृष्ट भिडियो (पप) : स्वार्थ तिम्रो सिताराम पोखरेल

सर्वोत्कृष्ट गायिका पप (पब्लिक च्वाइस) : रमिता भण्डारी 

इन्करेजमेन्ट एवार्ड (पप) : प्रज्वल भित्रकोटी

सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक पपुलर : युवराज खत्री 

मौलिक गीत

सर्वोत्कृष्ट गायक (मौलिक गीत) : नवीन पौडेल

सर्वोत्कृष्ट गायिका (मौलिक गीत) : भिमु गुरुङ (बटौली सहर...

सर्वोत्कृष्ट मौलिक गीत : दीप गुरुङ

प्रकाशित :मंसिर ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्