प्रमोदको नयाँ गीत

- साप्ताहिक संवाददाता

मंसिर ६, २०७५

गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । ‘तानिन् उनैले’बोलको सार्वजनिक गीत मुकुन्द पौडेलले लेखेका हुन् । 

केशव पौडेलको संगीत रहेको गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । 

शान थापाले निर्देशन गरेको म्यूजिक भिडियोमा अभिनेत्री नम्रता सापकोटा र सुधिर खनालले अभिनय गरेका छन् । राजिव समरको कोरियोग्राफी रहेको म्यूजिक भिडियो अर्जुन तिवारीले सम्पादन गरेका हुन् । 

यसअघि खरेलको ‘पृथ्वी’, ‘तै मोरीको माया छ’, ‘दन्तैमा’ सार्वजनिक गरेका थिए ।

 

तानिन् उनैलेको म्यूजिक भिडियो :

 

प्रकाशित :मंसिर ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्