माघ ४ मा दि कर्मा

- साप्ताहिक संवाददाता

मंसिर ४, २०७५

मंसिर ७ गतेबाट रिलिजको प्रचारमा रहेको चलचित्र ‘दि कर्मा’ अब माघ ४ गतेबाट प्रदर्शन हुने भएको छ । चलचित्रका निर्माता जयराज रायका अनुसार बिशेष कारणवश यो चलचित्रलाई माघमा सारिएको हो ।

चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त चलचित्र रामेश्वर कार्कीले छायांकन गरेका छन् । 

जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेकाचलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।

भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो चलचित्रमा करणका अलावा नीता ढुंगाना, परमिता राणा, बुद्धि तामाङ, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रकाशित :मंसिर ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्