पोस्टरमा सुश्री सम्पति

- साप्ताहिक संवाददाता

मंसिर ४, २०७५

मंसिर २८ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको चलचित्र  ‘सुश्री सम्पति’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका तीन मुख्य कलाकारलाई समावेश गरिएको छ । सलोन बस्नेत, सारा शिर्पाली र बिनोद न्यौपाने पोस्टरमा फिचर्ड छन् । 

पोष्टप्रोडक्सनमा रहेको चलचित्रको ट्रेलर यही साता रिलिज हुने निर्माण टिमले जनाएको छ । चलचित्र ‘सुश्री सम्पति’ लाई रङ्ग पत्रकार सुव्रत आचार्यले निर्देशन गरेका हुन् । 

चलचित्रमा सलोन, सारा र बिनोदका साथमा राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारको अभिनय रहेको छ । प्रियंका कार्की विशेष भूमिकामा छिन् ।

 

प्रकाशित :मंसिर ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्