अक्सफाम हङकङमा नेपाली टोली दोश्रो

- अनोज रोक्का

मंसिर २, २०७५

प्रत्येक बर्ष आयोजना हुने अक्सफाम हङ्कङको १०० मिटर दौड प्रतियोगीतामा नेपाली पुरुष र महिलाको टोली दोश्रो भएको छ । अल्ट्रा ट्रेल धावीका मिरा राईको नेतृत्वमा रहेका छेछी शेर्पा, छोकी शेर्पा, रशिला तामाङ् र सुनमाया बुढा दौडमा सहभागी थिए । निर्धारण गरिएको १०० किलोमिटरको दुरी नेपाली धाविकाहरुले १६ घण्टा ३० मिनेटमा पार गरेका थिए । प्रतियोगीतामा प्रथम हुने सोलोमन हेल्लो किट्टिको टिमले १५ घण्टा १ मिनेटमा निर्धारित दुरी पार गरेका थिए । 

पुरुष तर्फ १०० किलोमिटरकै अर्को स्पर्धामा पुर्ण तामाङ्, समिर तामाङ्, उत्तम खत्री, सुमन कुलुङको टिमले १२ घण्टा ८ मिनेटमा निर्धारित दुरी पार गर्दै दोश्रो भएका छन् । हङकङ स्थित पाक ताम चुङ्बाट पो लेङ कुक ताईतोङ क्याम्प युङलोङसम्मको निर्धारित दुरि ११ घण्टा ५३ मिनेटमा पुरा गर्दै गन रनिङ्को टिम पहिलो भएको थियो । 

प्रत्येक बर्ष आयोजना गरिने अक्सफाम प्रतियोगीताका विगतका नतिजाहरुमा नेपालीहरुलेनै शिर्ष उपाधी उचालेका थिए । ह्याट्रिक गर्ने लक्ष्यसाथ प्रतियोगीतामा सहभागी भएको नेपाली टिमले पाएको उपाधी सन्तोषजनक भएको र आगामी दिनमा अझ मेहनत गर्ने प्रेरणा मिलेको बताए । 

 

 

प्रकाशित :मंसिर २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्