लेजबियनको कथा

- साप्ताहिक संवाददाता

मंसिर २, २०७५

 

२१ औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ । पहिले नौलो लाग्ने हर कुरा आजभोली सामान्य हुँदै गएका छन् । त्यसको एक उदाहरण हो मानिसले आफ्नो लैङ्गिक अवस्थाको बारेमा खुलेर बोल्नु । पछिल्लो समय समलिङ्गी ब्यक्तीहरु खुल्न थालेका छन् । 

पहिले आफ्नो पहिचान खुलाउन डराउनेहरु अहिले सामाजिक परिवर्तनसंगै सोचाहीका हिसावले पनि परिवर्तित भएका छन् । नेपालमा पनि त्यो परिवर्तन देखिएको छ । परिवर्तित समाजमा आफ्नो लैङ्गिक अवस्थालाई नलुकाउ भन्ने मुख्य हेतुले प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ । 

‘मन’ एल्बममा समावेश दर्पण यात्रीको शब्द तथा जीतेन तामाङ लामाको संगीतमा अन्जु पन्तको स्वर रहेको ‘मैले भुल्न’ बोलको उक्त गीतको भिडियोमा अभिनेत्री रीमा विश्वकर्मा र बेनिशा हमाललाई लेजबियन जोडीको रुपमा प्रस्तुत गरिएको छ । 

भिडियोमा लेजबियन बनेका यी दुई अभिनेत्रीको  इन्टिमेट सिन समेत समावेश गरिएको छ । भिडियोमा उत्तम हुमागाईको छायांकन, कसम नेपाल र मन्जिल श्रेष्ठको सह–निर्देशन तथा निर्देशक प्रविन श्रेष्ठकै सम्पादन रहेको छ । भिडियो मोक्क्ष प्रोडक्सनको प्रस्तुतीमा हेलो नेपाल इन्टरटेनमेन्टले निर्माण गरेको हो । 

 

मैले भुल्नको म्यूजिक भिडियो:

प्रकाशित :मंसिर २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्