अंकितको सम्झनालाई

- साप्ताहिक संवाददाता

मंसिर १, २०७५

युवा गायक अंकित अधिकारीले ‘सम्झनालाई...’ बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । एक कार्यक्रममाझ सार्वजनिक गरिएको उक्त भिडियोमा नवीन तथा आकर्षक कन्सेप्टमा निर्माणमा गरिएको छ । 

गायक अधिकारीले गाएको सार्वजनिक गीतमा किरण भुसालको संगीत तथा यमन सुबेदीको शब्द रहेको छ । गीतमा अनिल धितालले संगीत संयोजन गरेका छन् । 

मिक्सिङ फिरोज ब्रजाचार्य र कोविद बज्राको रहेको छ भने फोली रेकर्डिङ कृति नेपालको रहेको छ । नवीन शैलीमा निर्माण गरिएको म्युजिक भिडियोको निर्देशन नवीन चौहानले गरेका हुन् । 

कोरियोग्राफी ममता लामिछानेले गरेकी हुन् भने सम्पादन विकास धमलाले गरेका हुन् । आर्टमाण्डू नेपाल प्रा.लि.ले निर्माण गरेको म्युजिक भिडियोमा अभया, संकेत, सोरभ, ममता र शिवले अभिनय रहेको छ । 

तीन वर्षअधि गायक अधिकारीले गाएको ‘राम नाम जप्दै’ बोलको गीत पनि रुचाइएको थियो । उनले ‘नौ फुटे भुत’, ‘म को नै पो हुँ ’ र ‘सुनको बाला’लगायतका गीत गाएका छन् । 

सम्झनालाईको म्यूजिक भिडियो :

 

प्रकाशित :मंसिर १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्