अघि बढ्दै मेनुका

- साप्ताहिक संवाददाता

कार्तिक २९, २०७५

नेपाली गायिका मेनुका पौडेलले भारतीय च्यानल जिटिभीको लोकप्रिय रियालिटी शो सारेगमपमा फेरि एकपटक उत्कृष्ट प्रस्तुति दिएकी छिन् । पौडेल दुई साताअघिको प्रतिस्पर्धामा लता मंगेसकरको ‘लुका छुपी’ गीत उत्कृष्ट शैलीमा प्रस्तुत गरेर निर्णायकको मन जित्दै उत्कृष्ट १५ मा पर्न सफल भएकी थिइन् ।

 गत साता प्रसारित उत्कृष्ट १५ अन्तर्गतको प्रतिस्पर्धामा समेत मेनुकाले दमदार प्रस्तुति दिँदै निर्णायकबाट सकारात्मक प्रतिक्रिया पाएकी छिन् । त्यसक्रममा उनलाई गायनमा सुमेधा करमहेले साथ दिएकी थिइन् । उत्कृष्ट १५ मा समावेश भएपछि उनी निर्णायक शेखरको घरानामा परेकी छिन् । 

मेनुकालाई निर्णायक शेखर रबजानी तथा वादिन खानले स्ट्यान्डिङ ओडिसन दिएका थिए । प्रतियोगिताका क्रममा कार्यक्रम प्रस्तोता आदित्य नारायण झाले समेत मेनुकाको खुलेर प्रसंसा गर्दै उनीसँग नेपाली भाषामै कुराकानी गर्छन् । दर्शकदीर्घामा बसेकी मेनुकाकी आमासमेत छोरीको प्रस्तुतिमा खुसी देखिन्छिन् । 

प्रकाशित :कार्तिक २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्