सम्हालिन्छ कहिले मन

- साप्ताहिक संवाददाता

कार्तिक २९, २०७५

सुदर्शन थापाको निर्देशनमा चलचित्र  ‘सम्हालिन्छ कहिले मन’ निर्माण हुने भएको छ । ए.बी. प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो चलचित्रलाई अमितकुमार बस्नेत तथा अजितकुमार थापाले संयुक्त रूपमा निर्माण गर्न लागेका हुन् ।

हालै मात्र चलचित्रका लागि अभिनेत्री पूजा शर्माले १५ लाख रुपैयाँ पारिश्रमिक बुझेको निर्माण पक्षले जानकारी गराएको छ । डेढ महिनापछि छायांकनमा जाने चलचित्र सम्हालिन्छ कहिले मनमा अन्य दुई अभिनेता रहनेछन्, जसमध्ये अहिलेसम्म सोनम तोप्देन मात्र फाइनल भएका छन् ।

म्युजिकल लभ स्टोरी ‘सम्हालिन्छ कहिले मन’ का लागि अर्जुन पोखरेल, ताराप्रकाश लिम्बू तथा सुगम पोखरेलले संगीत दिएका छन् ।

 

प्रकाशित :कार्तिक २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्