गोर्खेमा अञ्जलीको नृत्य

- साप्ताहिक संवाददाता

कार्तिक २८, २०७५

चलचित्र ‘गोर्खे’को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सिन्की अचार’ बोलको गीत गायिका अन्जु पन्त र गायक आर.सी. रिमालले गाएका छन् । नग्वा फिञ्जु पाख्रिनको शब्द तथा सङ्गीतमा रहेको गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र रविन्द्र प्रताप सेनले नृत्य गरेका छन् । 

सन्तोष ढकालको निर्देशनमा बनेको चलचित्रमा तिर्थ कोजु, हरि लामा र हरि थापाले संयुक्त रूपमा लगानी गरेका छन् । हरि लामा र हरि थापा यसअघि विभिन्न चलचित्रको भान्सापट्टिको विभाग हेर्ने गर्थे । नीरज कँडेलको सिनेम्याटोग्राफी रहेको चलचित्रको गीतलाई शिव वि.क.ले कोरियोग्राफी गरेका हुन् ।

सिन्की अचारको भिडियो :

 

प्रकाशित :कार्तिक २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्